कैलालीमा छाउगोठमा बसेकी महिलालाई बाघको आक्रमण

शेयेर गर्नुहोस

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा छाउगोठमा सुतिरहेकी एक महिलालाई बाघको आक्रमण गरेको छ ।

माघ १३ गते आइतबार राति साढे दश बजेतिर कुइनेस्थित आफ्नै घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा ४५ वर्षीया सरस्वती बिटालुलाई बाघले आक्रमण गरेको हो ।

बिटालु निदाउन लागेकै बेला बाघको आक्रमण भएको र छाउगोठ वरपरका मानिसहरूले होहल्ला गरेपछि बाघ भाग्दा बिटालुलाई बचाउन सकिएको कुइनेबाट वीरेन्द्रबहादुर रावलले जानकारी दिनुभयो । मानिसको हल्ला र बिजुलीको उज्यालो भएकाले बाघ भाग्यो, बिटालु सामान्य घाइते हुनुहुन्छ, रावलले भन्नुभयो, ‘पञ्जाले टाउकोमा हानेको छ, अनुहारमा घाउ छ, दाँत लगाउन पाएनन् राति भइसकेकाले आज बिहान उपचारका लागि लम्की तिर ल्याउन लागिएको छ ।’ विटालुका श्रीमान् रोजगारीका लागि भारतमा हुनुहुन्छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा महिनावारी भएको महिलासँग छुवाछुतको व्यवहार गर्ने, महिनावारी भएको बेला महिलालाई घरभन्दा टाढा राख्ने र महिला बस्ने घर (छाउगोठ) असुरक्षित हुने भएकाले महिलालाई बाघको आक्रमण हुने, बलात्कारको सिकार हुने घटना वर्षौँदेखि हुँदै आएका छन् । 

मोहन्याल गाउँपालिकामा बाघले यहाँका किसानले पालेका बाख्राहरू, गाईहरू खाने गरेको छ । कर्णाली पारी बर्दिया राष्ट्रिय निकुञ्ज रहेको र मोहन्यालमा पनि जङ्गल क्षेत्र धेरै भएकाले यहाँ बाघ बस्तीमा पसेर आक्रमण गरिरहन्छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed