जापान पठाइदिन्छु भनि एक करोड २३ लाख ठगी गर्ने तिर्सना पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं : वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

बाँकेको बैजनाथ गाउँपालिका ५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको हो। 

वर्किङ भिसामा जापान पठाइ दिने भन्दै रकम लिएर उनी तीन महिनादेखि बेपत्ता भएका थिइन्। पीडितले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई आइतवार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

amazed