वाकिटकीलगायत रेडियो उपकरण लाइन्सेन्सबिना चलाउन रोक, विभागले निकाल्यो ३५ दिने सूचना

शेयेर गर्नुहोस

काठमाडौं । अब लाइसेन्स तथा अनुमति नलिई वाकिटकी लगायतका रेडियो उपकरणहरु आयात, बिक्री वितरण तथा प्रयोग गर्ने नपाइने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभागले लाइसेन्स तथा अनुमति नलिई वाकिटकी लगायतका रेडियो उपकरणहरु आयात,बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गराएको हो ।

विभागले सोमबार एक सूचना जारी गरी वाकिटकी लगायतका रेडियो उपकरणहरु विक्री बितरण तथा प्रयोग गर्न लाइसेन्स लिनुपर्ने उल्लेख गरेको छ ।

सूचना प्रकाशित भएको ३५ दिन भित्र नियमानुसारको लाइसेन्स लिएर मात्र प्रयोग गर्न विभागले भनेको छ । लाइसेन्स नलिई प्रयोग गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने विभागले जनाएको छ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed