भरुवा बन्दुक र जंगली जनावरको छालासहित बैतडीबाट एक जना पक्राउ

शेयेर गर्नुहोस

बैतडी। बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेही, बैतडीबाट खटिएको प्रहरी टोलीले बैतडीको दोगडाकेदार गाउँपालिका-८ चौरथली कालागाउ बस्ने ५१ वर्षीय पाल बिष्टको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल १, बन्दुकमा लाग्ने गोली ७ राउण्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान फेला पारी उनलाई पक्राउ गरेको छ। उक्त हतियार र छालासहित बिष्टलाई नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed