उदयपुरको गाईघाटमा गाडीको ठक्करबाट दिदीबहिनीको ज्यान गयो

शेयेर गर्नुहोस

उदयपुर – उदयपुर सदरमुकाम गाईघाटमा त्रियुगा बसपार्क जाने सडक खण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको ज्यान गएको छ ।

गाडीको ठक्करबाट सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको ज्यान गएको हो ।

हिजो बेलुका प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको गाडीले डीएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।

ठक्कर दिने गाडी हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीको भनाइ छ । चालक त्रियुगा नगरपालिका–९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । 

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *