रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

शेयेर गर्नुहोस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (सोमबार)  रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदैछ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उनी शुक्रबार पक्राउ परेका थिए ।

उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई काठमाडौंबाट पक्राउ गरिएको हो । त्यसपछि लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

लामिछानेलाई अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरी आजै थुनामा पठाइने छ । सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *