सामाजिक अभियान्ता एवम गायक भण्डारीले गरे “प्रदेशीको कथा” नामक अभियानको सुरुवात

शेयेर गर्नुहोस

धनगढी । सामाजिक अभियान्ता एवम गायक राम प्रसाद भण्डारीले “प्रदेशीको कथा”नामक अभियानको सुरुवात गर्नु भएको छ । प्रबासमा रहेका नेपालीका समस्यालाई नेपाल सरकारले बेवास्ता गरेकोले भन्दै सरकारलाई ध्यानाकर्षण गराउने उद्देश्यका साथ अभियानको सुरुवात गरिएको हो । भारतको गुजरात राजकोटबाट मङ्गलबार एक कार्यक्रम आयोजना गर्दै अभियानको सुरुवात गरिएको हो ।

भारतका विभिन्न ठाउमा रहेका नेपालीहरुको समर्थन तथा हस्ताक्षर गराउदै नेपालीहरुका समस्यालाई प्रदेश सरकार तथा केन्द्र सरकार सम्म पुर्याउने लक्ष्य रहेको अभियान्ता भण्डारीले बताए ।

अभियान्ता भण्डारीले भारतमा रहेका हरेक नेपालीको सुरक्षाको ग्यारेन्टी नेपाल सरकार मार्फत भारत सरकारको ध्यानाकर्षण गराउने ,भारतमा रोजगारीको सिलसिलामा मृत्यु भएका नेपालीको लासलाई नेपाली माटो मै दाहासस्कार गर्न ब्यावस्थापन गर्न नेपाल सरकारले पहल चाल्नु पर्ने,भारतमा मृत्युु भएका नेपालीहरुको तथ्यांक संकलन गरि उनिहरुको बिवरण राख्नु पर्ने ,भारतमा रोजगारी गर्दै आयका नेपालीले दोहोरो नागरिकता लिनु परेको छ । तर दोहोरो नागरिकता नलिदा रोजगार पाउन नेपालीलाई मुस्किल छ भने लिदा दुबै देशको कानुन उल्लंघन भएको हुन्छ । उक्त दोहोरो नागरिकता बारे नेपाल सरकारले सहजीकरण गरोस र नेपाली नागरिकता बाट सजिलै रोजगारीको ब्यावस्था होस । “भारतमा अझै पनि नेपाली माथी सौतेलो ब्यावहार भैईरहेकोले नेपाली माथिको अन्याय अत्यचार बिरुद्ध सरकारले आवाज उठाई दिन पर्ने लगायत माग सहित अभियान सुरु सरेको भण्डारीको भनाई छ ।”

भारतका विभिन्न शहरमा रहेका नेपालीहरुको समर्थन तथा हस्तान्तर सहित आफू दिल्ली स्थित नेपाली राजदुतावास हुदै नेपालका विभिन्न निकाय मा पुग्ने बताए । भारतका करिब २० शहरमा रहेका नेपालीहरु सङ्गको भेट पछि आफू नेपालमा फर्केर सरकारलाई ध्यानाकर्षण गराउने उनले बताए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed