अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

शेयेर गर्नुहोस

मंगलसैन । जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बस्ने २३ वर्षीय मोहनबहादुर चन्द रहेका छन् ।


चन्दले ६९ मंगलसेनकी युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०८१ माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको थियो । घटना भएको मिति देखिनै फरार रहेका चन्दलाई खोजतलास गर्ने क्रममा प्रहरीलाई विशेष गोप्य सूचनाका आधारमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीस्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीले बिहीवार साँझ ५ बजे खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरेको जानकारी दिए । उनलाई हाल जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखिएको छ ।

amazed