शेयेर गर्नुहोस
धनगढी । धनगढी उपमहानगरपालिका–११ स्थित वेलादेवी धामको वेलातालमा डुङ्गा सञ्चालन गरिएको छ ।
धनगढी उप‐महानगरपालिकाकी उप‑मेयर कन्दकला रानाले शनिवार एक औपचारिक र्काक्रमकाबिच डुङ्गा उद्घाटन गरेकी छन् । रानाले धनगढी उपमहानगरपालिका भित्रका सांस्कृतिक तथा पर्या‐पर्यटनको सम्भावना बोकेका र धार्मिक महत्वका क्षेत्रहरुलाई प्राथमिकताका साथ पालिकाले स्तरोन्नति गरिरहेको बताइन् ।
“हामीले नगरभित्र ८४ वटा ताल‑तलैयाहरूको पहिचान र नक्साङ्कन गरेका छौँ‚ तिनको संरक्षण गर्न अतिक्रमण हटाउने हाम्रो प्रयास जारी छ” उनले भनिन्‚“वेलादेवी तालमा डुङ्गा सञ्चालनको सुरुवात धार्मिक, आध्यात्मिक र पर्यटनका हिसाबले महत्वपूर्ण छ ।”
उनले मन्दिर र तालको स्तरोन्नतिको लागि पालिकाले अपनत्व लिएर काम गरिरहेको बताएकी छन् । त्यस्ता क्षेत्रहरूको सबैले अवलोकन र संरक्षण गर्नु पर्नेमा उनको जोड छ ।