कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको सीमा नाका खक्रौला भन्सार चेकपोस्ट नजिकबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । सोमबार टीकापुर नगरपालिका – ९ खक्रौला भन्सार चेकपोस्ट नजिकबाट बर्दियाको गेरुवा गाउँपालिका – १ छापापुरका २८ वर्षीय धर्मेन्द्र आचार्य र सोही ठाउँका २९ वर्षीय आशिष् नेपाली पक्राउ परेका हुन ।

शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ९९० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको लिएको थियो ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed