बायर्न म्युनिखलाई छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि

शेयेर गर्नुहोस

एजेन्सी । प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिखले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

पीएसजीकै पूर्वखेलाडी किङ्ग्सले कोमानले ५९ औँ मिनेटमा गरेको एक मात्र गोल नै खेलमा निर्णायक बनेको थियो । जोसुवा किमिचको क्रसमा कोमानले गोल गरेका थिए ।

बायर्नका प्रशिक्षक ह्यान्सी फ्लीकका लागि यो सिजन निकै फलदायी रह्यो । गत नोभेम्बरमा अन्तिम प्रशिक्षकका रुपमा टोलीको नेतृत्व सम्हालेका उनले टोलीलाई च्याम्पियन्स लिगको उपाधि पनि जिताउन सफल भएका छन् ।

उता, पीएसजीका दुई सुपरस्टार स्ट्राइकर नेयमार र किलियान एम्बाप्पेका लागि खेल निराश रह्यो । उनीहरुले खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् भने पहिलो हाफमा अवसरहरु पाउँदा पनि उनीहरुलाई म्यान अफ द म्याच म्यानुअल न्युअरले निराश बनाएका थिए ।

पीएसजीले सन् २०१६ को अप्रिल यता ३५ खेलपछि पहिलोपटक युरोपियन प्रतियोगितामा गोल गर्न असफल रह्यो ।

पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि दोस्रो हाफमा भने बायर्नले खेलमा नियन्त्रण बनाउँदै छैटौँपटक उपाधिमाथि कब्जा जमायो । बायर्नभन्दा रियल म्याड्रिड ९१३ पटक० र एसी मिलान (७ पटक) मात्र अघि रहेको छ ।

ताजा खबर

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

कैलाली एमालेको अध्यक्षमा तीन जना उम्मेदवार

amazed