कोरोनाबाट रुपन्देहीका ४ सहित ८ जनाको मृत्यु, थपिए ७ सय ४३ जना संक्रमित

शेयेर गर्नुहोस

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । रुपन्देहीका मात्रै ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकमा ३ जना महिला र ५ जना पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रुपन्देहीमा ४ जनाको कोरोनाबाट मृत्यु भएको बताए । उनका अनुसार रुपन्देहीमा ३८, ५३ र ५४ वर्षीय पुरुष र ६७ वर्षिया महिलाको मृत्यु भएको हो । यस्तै सुनसरीमा ६८ वर्षीय पुरुष, मोरङमा ६५ पुरुष, पर्सामा ७० वर्षिया महिला र काठमाडौंका ४८ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

आज मात्रै थप ७ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार २ सय ३४ जनाकाृ नमुना परीक्षण गरिएकोमा ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै २ सय २४ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed