धरानमा मृत्युपछि एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि

शेयेर गर्नुहोस

विराटनगर । धरानमा सोमबार साँझ मृत्यु भएका एक पुरुषका कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिका–११ का ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण मृतकको मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुष बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वकर्मचारी हुन् ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाले मृत्युपछि स्वाब संकलन गरिएका पुरुषको रिपोर्ट पोजेटिभ आएको बताए ।

मृतकमा ज्वरो र निमोनियाको समस्या देखिएको थियो ।

योसँगै धरानमा कोरोना संक्रमित व्यक्तिहरुको मृत्युको संख्या ६ पुगेको छ । धरानमा कोरोना संक्रमितको संख्या १७० छ । तीमध्ये ६० जना संक्रमण मुक्त भएका छन् । अनलाइन खबर

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed