शेयेर गर्नुहोस
विराटनगर । धरानमा सोमबार साँझ मृत्यु भएका एक पुरुषका कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिका–११ का ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण मृतकको मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
उनका अनुसार मृतक पुरुष बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वकर्मचारी हुन् ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाले मृत्युपछि स्वाब संकलन गरिएका पुरुषको रिपोर्ट पोजेटिभ आएको बताए ।
मृतकमा ज्वरो र निमोनियाको समस्या देखिएको थियो ।
योसँगै धरानमा कोरोना संक्रमित व्यक्तिहरुको मृत्युको संख्या ६ पुगेको छ । धरानमा कोरोना संक्रमितको संख्या १७० छ । तीमध्ये ६० जना संक्रमण मुक्त भएका छन् । अनलाइन खबर