श्राद्धको खानाले २८ जना बिरामी, एक जनाको मृत्यु

शेयेर गर्नुहोस


गोदावरी। कैलालीको गोदावरी नगरपालिका–१० मालाखेतीमा श्राद्धको खाना खाएर बिरामी भएका एक युवकको ज्यान गएको छ भने २८ जना बिरामी भएका छन् । जसमध्ये ४र५ जनाको अवस्था गम्भीर छ ।

बिरामी भएर सेती प्रादेशिक अस्पताल भर्ना गरिएका १८ वर्षीय सुरेन्द्र बोहराको उपचारका क्रममा हिजो राति मृत्यु भएको छ । उनलाई उपचारका लागि हिजो साँझ साढे पाँच बजे अस्पताल ल्याइएको आकस्मिक कक्ष ईञ्चार्ज कृष्ण बहादुर बोहराले बताए ।

सेती प्रादेशिक अस्पतालका कन्सलट्याण्ट फिजिसियन डा। निराजनदत्त शर्माले अस्पतालमा भर्ना गरिएकाहरुमा विषाक्त खाद्य खाएका कारण हैजाको लक्षण देखिएको बताए ।

मृत्यु भएका बोहराको मुटुको अप्रेशन गरिएको खुल्न आएको चिकित्सक शर्माले बताए । झाडा पखाला र सुख्खा पनको असर मृगौला र मुटुमा असर गरेका कारण बोहराको मृत्यु भएको हुन सक्ने डा। शर्माले बताए ।

डा। शर्माले श्राद्धको खाएको खीर ९प्रसाद० तरकारी, अचार र खानाका कारण २८ जनामा झाडा पखाखा तथा पेटको समस्या देखिएको बताए ।

मालाखेतीमा २८ गते श्राद्धमा खाना खाएर बिरामी भएकाहरुलाई तत्काल उपचारका लागि पदमा अस्पताल लगिएको भएपनि त्यहाँ उपचार संभव नभएपछि हिजो सेती प्रादेशिक अस्पताल र माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । माया मेट्रोमा एक बालिकालाई आईसियुमा भर्ना गरिएको छ ।

सेती प्रादेशिक अस्पतालमा पाँच जना भर्ना गरिएकोमा एक जनाको मृत्यु भएको छ । हाल पदमा अस्पताल, सेती प्रादेशिक अस्पताल र माया मेट्रो अस्पतालमा १५ जनाभन्दा बढिको उपचार भईरहेको छ ।

स्थानीय बासिन्दाका अनुसार श्राद्धमा खाना पकाउने मान्छे बाहेक सबैमा स्वास्थ्य समस्या देखिएको छ ।

डा. शर्माका अनुसार झाडा पखालाका कारण शरीरमा सुख्खा पन भएपछि मृगौलामा असर गर्नुका साथै कतिपयमा मानसिक समस्या समेत देखिएको छ । अस्पतालमा भर्ना गरिएका कतिपय बालबालिका बर्बराउने समस्या समेत देखिएको छ ।

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *