किसान सहकारीको बक्तृत्वकला प्रतियोगिता सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर । किसान बहुउद्देश्यीय सहकारी संस्थाले आप्mनो रजत जयन्तीको अवसर पारेर शनिबार आन्तशाखा स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
‘कोभिड १९ को विषम परिस्थितीमा सेवा प्रवाह एवं व्यवसायिक सफलताका लागि कर्मचारीको भूमीका’ विषयक बक्तृत्वकला प्रतियोगिता संस्थाको केन्द्रिय कार्यालय लम्कीमा सम्पन्न भएको हो ।
प्रतियोगिातामा सहकारीका २१ शाखा र १ एकिकृत कृषिफर्म गरी २२ जना कर्मचारीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना क्रमशःलम्की शाखाका अम्मर राज भण्डारी, टीकापुर शाखाका रिता बजगाई, फुलबारी शाखाका अर्जुन रिमाल र सुख्खड शाखा दिपेन्द्र बटाला भएकाछन् ।
प्रतियोगितामा निर्णयकका रुपमा संस्थाका सन्चालक सदस्य सरोज कुमार शाह, लेखा तथा सुपरिवेक्षण समिति संयोजक नृप बहादुर कुवर र सल्लाहकार संयोजक उदयराम खनाल रहनु भएको थियो ।
संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताको औचित्यतथा कोभीड १९ को वर्तमान परिस्थितीमा सुरक्षा मापदण्ड अपनाई कर्मचारीले सदस्यलाई प्रवाह गरिहेको सेवाका बारेमा संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले प्रकाश पार्नु भएको थियो ।
प्रतियोगिताका विजयीहरु लाई संस्थाको आसन्न २५ औ बार्षिकउत्सव समारोहमा पुरस्कार वितरणगरिने संस्थाले जनाएको छ ।

ताजा खबर

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

कैलालीमा भन्सार छलीका सामान बरामद

amazed