राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्यमा सुदूरपश्चिमबाट एकेन्द्र कुँवर नियुक्त

शेयेर गर्नुहोस

टीकापुर । सरकारले राष्ट्रिय खेलकुद परिषदमा ११ जना बोर्ड सदस्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले परिषद्का रिक्त ९ जना बोर्ड सदस्य नियुक्त गरेको हो ।

मन्त्रीपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ९ जना बोर्ड सदस्य नियुक्त गरेका हुन् ।

नयाँ बनेको बोर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुमित्रा चौधरी मनोनित भएका छन् ।

प्रदेश एकका फुटबलर हरी खड्का खस आर्यबाट, प्रदेश दुईबाट मानदेव हजारा मधेशी दलित, प्रदेश ३ का पुरेन्द्र लाखे जनजातिबाट, गण्डकी प्रदेशबाट राजेश गुरुङ जतजातिबाट, प्रदेश २ का मोहमद सागिर शेख मुस्लिम समुदायबाट, कर्णाली प्रदेशबाट नन्दा बस्याल महिलाबाट, सुदुरपश्चिमबाट एकेन्द्र कुँवर, पिछडिएको क्षेत्रबाट प्रदेश एककै चन्द्र बदना राई, महिलाबाट प्रदेश ५ की सुमित्रा चौधरी थारु मनोनित भएका हुन् ।

राष्ट्रिय खेलकुद विकास ऐनले ३७ जना बोर्ड सदस्यको व्यवस्था गरेको छ ।

ऐनको प्रावधान अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए ।

नयाँ ऐन अनुसार राखेप सदस्य सचिवमा रमेश सिलवाल र उपाध्यक्षमा शिव कोइराला मन्त्रीपरिषदबाट नियुक्त भइसकेका छन् ।

ताजा खबर

कञ्चनपुरमा रुख काटेर तस्करी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *