अछामको ढकारीमा युवकको हत्या, १ को अवस्था गम्भीर

शेयेर गर्नुहोस

अछाम । अछाम जिल्लाको ढकारी गाउँपालिका – ३ मा धारिलो हतियार प्रहार बाट एक युवकको मृत्यु भएको छ । स्थानिय २० वर्षीय देवेन्द्र थापाको मृत्यु भएको स्थानियले बताएका छन । साथै १६ वर्षीय रुद्र थापा घाईते भएका छन् ।

मंगलबार बिहान हत्या गरेको अवस्थामा २० वर्षीय थापाको शव फेला परेको प्रहरीले जनाएको छ । उनको शरीरमा धारिलो हतियार प्रहार गरिएको दृष्य देखिएको स्थानिय बासिन्दाले बताए ।

यस्तै गम्भीर घाइते अवस्थामा भेटिएका १६ वर्षीय रुद्र थापालाई थप उपचारका लागि कोहलपुर पठाइएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । यस्तै हत्यामा संलग्न भएको आशंकामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढकारी गाउँपालिकाकै नरेन्द्र बहादुर बुढा रहेका छन् ।

प्रहरीले बुढालाई हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरेको र थप अनुसन्धान भई रहेको जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed