टीकापुरमा सिटी एकेडेमी एण्ड टेक्निकल रिसर्च सेन्टरको उद्घाटन

शेयेर गर्नुहोस

सुदिप बिक /
टीकापुर । कैलालीको टीकापुरमा सोमबार टीकापुर सिटी एकेडेमी एण्ड टेक्निकल एजुकेशन रिसर्च सेन्टर प्रा लि ट्युशन कक्षा तथा शैक्षिक परामर्श केन्द्रको उद्घाटन गरिएको छ ।

व्यवस्थापक तथा निर्देशक रँग बहादुर बिकले अध्यक्षता गर्दै िशक्षा निर्देशकमा नरेन्द्र बिक,प्राविधिक शिक्षा निर्देशकमा भरत बहादुर ओड, सिपमुलक तालिम व्यवस्थापक निर्देशकमा केवालाल चौधरी, कार्यालय व्यवस्थापक सुरक्षा तथा यातायात निर्देशकमा सचिन ओड,प्रशासन तथा प्राकृतिक श्रोत व्यवस्थापन निर्देशकमा राजेन्द्र बहादुर कुँवर र लेखा आर्थिक व्यवस्थापनमा गणेश वडले रहेको जानकारी दिई सबै सँग समन्वयको अपेक्षा रहेको बताए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथी रहेका नेपाल बिद्यार्थी सँघका बैदेशिक सल्लाहकार नेपाल दलित बिद्यार्थी संघका बरिस्ठ उपाध्यक्ष ई।डम्मर सुनारले हजारौ माईलको यात्रा पनि १ पाईला बाट सुरु हुने भएकाले रिसर्च सेन्टरको उदेश्य साकार पार्न सबैको समन्वय सहितको निरन्तरता आवश्यक रहेको बताए ।

ज्योती बिश्वकर्माले स्वागत गरेको उदघाटन समारोहमा योगा आश्रम टीकापुरका सँचालक पृथ्वी रावल, जागरुक नागरिक कृषि सहकारीका अध्यक्ष भक्त ब बिक, जागरुक नागरिक कृषि सहकारीका सल्लाहकार सँयोजक प्रेम बिश्वकर्मा, युनाइटेड एकाडेमि टीकापुरका प्रिन्सिपल परमेश्वर साहुले लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

आर्थिक लेखा व्यवस्थापक गणेश वडले उद्घाटन कार्यक्रमको सँचालन गर्दै २०७५ सालमा प्राबिधिक शिक्षा सँचालन गर्ने उदेश्य स्थापना गरिएको ट्युशन कक्षा तथा शैक्षिक परामर्श केन्द्रले छोटो अवधिका सीप विकास तालिमहरु,सामाजिक परिचालन तालिम,प्रोपजल लेखन तथा प्रतिवेदन लेखन, रिसेप्स्निष्ट,नेतृत्व बिकास तालिमका साथै एन।जी।ओ एवम् सहकारीता सम्बन्धि लेखा व्यवस्थापन तालिम प्रदान गर्ने उदेश्य रहेको जानकारी गराए ।

ताजा खबर

amazed