कैलालीका एक युवकको भारतमा मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीका एक युवकको कोरोना सङ्क्रमणका कारण भारतमा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–६ नजरिया टोलका अन्दाजी ३५ वर्षीय टिकाराम कुँवरको भारतको सुरतमा मंगलबार मृत्यु भएको उनका आफन्त डन्डीराज सुबेदीले जानकारी दिए ।

गुजरात सुरतमा काम गर्दै आएका उनलाई करिब चार महिना अघि सङ्क्रमण पुष्टि भएको थियो । सुरुमा सरकारी अस्पतालमा भर्ना भएका उनलाई उपचार हुन नसक्ने भन्दै पछि मिसन नामको निजी अस्पताल भर्ना गरियो ।

उनको उपचारका क्रममा ८ लाख बढी रकम खर्च भइसकेको थियो । उनको उपचारकै क्रममा हिजो मृत्यु भएको उनका आफन्त सुबेदीले जानकारी दिए ।

ताजा खबर

नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा, को कुन ठाउँमा ?

कैलालीमा लाग‍ुऔषधसहित ७ जना पक्राउ

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

amazed