शेयेर गर्नुहोस
धनगढी । कैलालीमा सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको लम्कीचुहा नगरपालिका–५ राजीपुरका बर्ष २८ का प्रेम शाही रहेका छन् ।
उनलाई शुक्रबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । बलात्कार गरेको जानकारी पाएपछि शाहलाई पक्राउ गरिएको उनले बताए ।
४० वर्षीया पीडित महिलाको सेती अस्पतालमा परीक्षणपछि उनकी छोरीबाट जाहेरी लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । (साभारः पश्चिम टुडे)