मोटरसाइकल चालक गम्भीर घाइते

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बौनिया बजारमा मोटरसाइकल दुर्घटना भएको छ ।
से ५ प ७७८ नम्बरको मोटरसाइकलले पैदल यात्री १८ बर्षिय गजेन्द्र थापालाई ठक्कर दिएको हो । घाइते थापा खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक बौनियाकै ४२ वर्षीय भीम चौधरी गम्भीर घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले चालक चौधरीलाई कैलालीमा उपचार सम्भव नभएपछि कोहलपुर रेफर गरिएको जानकारी दिए । चालकको मुख, ढाड र खुट्टामा चोट लागेको छ ।

ताजा खबर

हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने

चार महिनापछि बैठक बस्दै

amazed