शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय,
टीकापुर । हरेक वर्ष लाखौं श्रद्धालु जम्मा भएर मनाइने निरंकारी सन्त समागम यो वर्ष भने भिन्न तरिकाले हुने भएको छ । सद्गुरु माता सुदिक्षा महाराजको आशिर्वादले अन्तर्राष्ट्रिय रुपमा हुने समागमको ७३ औं वर्षको अवसरमा यो पटक भर्चुअल रुपमा मनाइने सन्त निरंकारी मण्डल नेपालले जानकारी दिएको छ ।
निरंकारी मण्डलका अनुसार यी वर्ष नोबेल कोरोना भाइरसको संक्रमण र त्यसको जोखिमलाई मध्यनजर गर्दै मंसिर २०, २१ र २२ गते भर्चुअल रुपमै समागम हुनेछ । पहिलो पटक यसरी समागम हुन लागेपछि सबै श्रद्धालु निकै हर्षित भएको मण्डलले जनाएको छ ।
यसको अतिरिक्त यो समागम संस्कार टिभी च्यानलबाट पनि तिनै दिन सांझ ५ः३० बजेदेखि राति ९ बजेसम्म प्रसारित गरिने जनाइएको छ । त्यस्तै सम्पुर्ण समागम मण्डलको वेबसाईटबाट पनि हेर्न सकिने छ ।
समाजमा शान्ती, सद्भाव कायम गरेर प्रेमले सबैलाई नियाल्नुपर्ने र भौतिक मात्र नभई आध्यात्मिक चिन्तनसमेत हुनुपर्ने भन्दै आएको सन्त निरंकारी मिसन यो वर्षको विषय स्थिरता तय गरेको छ । मिसनले आध्यात्मिक जागरुक्ता माध्यमबाट विश्वमा सत्य, प्रेम, एकताको सन्देश दिन सकिने बताउदै आएको छ भने आधुनिक युगमा संसार गतिमान हुनुको साथै कहिं न कहिं अस्थिर पनि हुँदै गइरहेकोले मानव मनलाई आध्यात्मिक रुपले स्थिर हुन जरुरी रहेको भन्दै मिसनले स्थिरता विषयलाई यो वर्षको समागमका लागि तय गरेको छ ।