घाँटीमा ढुंगा अड्किँदा १६ महिने बालकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा एक बालकको घाँटीमा ढुंगा अड्किँदा मृत्यु भएको छ ।
बेदकोट नगरपालिका–९ सुन्दरपुरका भुपेन्द्र भट्टका १६ महिने छोरा साकार भट्टको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

घर आँगनमा खेल्ने बेला ढुंगा मुखमा हाल्दा घाँटीमा अड्किको थियो ।

तत्काल महाकाली अस्पताल पु¥याए पनि ढुंगा झिक्न असम्भव भएपछि धनगढी तर्फ लगिएकोमा उपचारका क्रममै मृत्यु भएको जनाइएको छ ।

amazed