सशस्त्र प्रहरीका ८ डीआईजीको सरुवा (सूचीसहित)

शेयेर गर्नुहोस

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका ८ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ । डीआईजीसँगै एकजना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको छ ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रिस्तरीय निर्णय गर्दै ८ डीआईजी र १ जना एसएसपीको सरुवा गरेको हो । डीआईजी राजु अर्यालको उपत्यका हेर्ने पशुपति बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ । अर्याल सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता थिए ।

त्यस्तै पशुपति बाहिनीको बाहिनीपतिमा रहेका डीआईजी प्रविणकुमार श्रेष्ठको बैद्यनाथ बाहिनी मुुख्यालय कैलाली सरुवा गरिएको छ । बैद्यनाथ बाहिनी मुुख्यालयका निमित्त बाहिनीपति रहेका एसएसपी अभिकुमार खत्रीको महेश्वरी बाहिनी मुुख्यालय, सुुर्खेत काज सरुवा भएको छ ।

त्यस्तै सशस्त्र मुख्यालयमा रहेका डीआईजी चन्द्रप्रकाश गौतमको सशस्त्र प्रहरी बल, नेपाल २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा काज सरुवा भएको छ । त्यहाँ रहेका डीआईजी कृष्णभक्त बम्हचार्यको गौतमको ठाउँमा सरवा भएको छ ।

हेर्नुहोस् को–कहाँ सरुवा भए ?

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *