शेयेर गर्नुहोस
टीकापुर । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि १० दिन सम्मका लागि लकडाउन गरिएको छ ।
सो नगरपालिकामा आज मंसिर १३ गतेदेखि २३ गतेसम्मका लागि लकडाउन गरिएको हो ।
उक्त नगरपालिकामा १८ जना कोरोना सक्रिय संक्रमित रहेका र कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि लकडाउन गर्ने निर्णय गर्रिको सूचना अधिकारी टिकेन्द्र भट्टले बताएका छन ।
लकडाउनमा यातायात पूर्ण रुपमा बन्द गरिएको समेत भट्टले जानकारी दिए । भट्टका अनुसार तरकारी र फलफुल पसलहरुलाई बिहान ७ देखि ११ बजेसम्मका लागि मात्र सञ्चालनको अनुमति छ । नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निणर्य समेत गरिएको छ ।