सबै प्रहरीमा कोरोना संक्रमण देखिएपछि प्रहरी चौकी नै आइसोलेसन

शेयेर गर्नुहोस

भगीरथ अवस्थी

बैतडी । बैतडीमा एक प्रहरी चौकीमा सबै ९ जना प्रहरी र थप एक अर्को एकजना गरी १० जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाको डिलाशैनी गाउँपालिका ३ स्थित सिमार प्रहरीचौकीमा कार्यरत ९ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षकसहित ९ जनामै कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरीचौकीमा कार्यरत सबै प्रहरीमा कोरोना देखिएपछि चौकीलाई नै आइसोलेसनको रुपमा प्रयोग गरिएको उनले बताए । यस्तै कोरोना पुष्टि भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने समान्य रहेको छ ।

यस्तै शुक्रबार नै डिलाशैनी ३ का एक ३० वर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ५३३ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ३८ रहेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १८, डिालाशैनी गाउँपालिकामा १०, पुर्चौंडी नगरपालिकामा ४ र सुर्नया, पञ्चेश्वर र दोगडाकेदारमा १/१ जना रहेका छन् ।

(साभारः अन्नपूर्ण पोष्ट्)

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed