बलात्कारको अभियोग लागेका ६ जना कारागार चलान

शेयेर गर्नुहोस

टीकापुर । जानकी गाउँपालिका वडा नम्बर ५ मा गत कार्तिक ८ गते १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको छ।

जिल्ला प्रहरी कार्यालयकैलालीका प्रवक्ता डिएसपी प्रतीक विष्टले बलात्कार आरोपमा पक्राउ परेका जानकी गाउँपालिका वडा नम्बर ५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरी पुर्पक्षका लागि कारागार चलान भएको बताए ।

डिएसपी बिष्टका अनुसार सामूहिक बलात्कार आरोपमा पक्राउ परेका मध्ये कृष्ण नगरकोटी र सत्यम रावललाई भने बाल सुधार गृहमा राखिएको छ।

६ जना पुर्पक्षका लागि कारागार र २ जना बाल सुधार गृह पठाइएको भएपनि एकजना भने अझै फरार रहेको डिएसपी बिष्टले जानकारी दिएका छन । फरार व्यक्तिको खोजी कार्य जारी रहेपनि प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

ताजा खबर

amazed