शेयेर गर्नुहोस
टीकापुर । एक हजारका नक्कली नोटसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १८ का २४ वर्षीय दिपक नाथ रहेका छन् । नाथलाई १ हजारको ३ वटा नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको हो ।
नाथले भिमदत्त नगरपालिका ४ स्थित एक पसलबाट सामान किनी पैसा दिने क्रममा नक्कली नोट दिएको पाइएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई नक्कली नोटसहित पक्राउ गरेको हो । सो बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।