फरार बलात्कार आरोपी पक्राउ , तिन जना प्रहरी निलम्बित

शेयेर गर्नुहोस

टीकापुर । बलात्कारको अरोपित तथा कारागारबाट फरार राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरिएको छ । बझाङ जिल्लाको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरालाई पुनः पक्राउ गरिएको हो ।

बाल सुधार गृहमा रहेका बोहरालाई कोरोना पुष्टि भएपछि डोटी जिल्ला अस्पतालको आइसोलेसमा राखिएको थियो । उनी आइसोलेसनमै रहेका बेला बिहीबार राति १२ बजे भागेका थिए । भागे लगत्तै प्रहरीको टोली खटाएर आज बिहान ७ बजे पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन ।

डोटीको पूर्वी चौकी गाउँपालिका स्थित शान्तिनगर जंगलमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको सिहंले बताए। यसैबिच आइसोलेसनमा बोहोराको निगरानीका लागि खटिएका ३ जना प्रहरीलाई नलम्बित भएका छन् ।

अस्पतालमा खटिएका प्रहरीको लापरबाहीका कारण बोहरा भागेको भन्दै ३ जना प्रहरीलाई निलम्बन गरिएको हो ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *