अछाममा थप ४८ जना कोरोना संक्रमित

शेयेर गर्नुहोस

अछाम । अछाम जिल्लामा थप ४८ जना कोरोना संक्रमित भएकाछन । जिल्लाको कमल बजारमा रहेको पिसिआर प्रयोगशालामा भएको परिक्षणमा थप ४८ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार अछामका ४० सहित थप ४८ जनामा कोरोना देखिएको हो ।

उनले मंगलसेन नगरपालिकाका २५ जना, कमलबजार नगरपालिकामा ४ जना, तुर्माखाँद गाँउपालिकामा ४ जना, बान्नीगढी गाँउपालिकामा ३ जना, चौरपाटी गाँउपालिकामा २ जना, ढकारी गाँउपालिकाका १ जना र रामारोशन गाँउपालिकामा १ जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै जिल्ला बाहिर घर भएर अछाम जिल्लामा कार्यरत रहेका अन्य ८ जनामा समेत कोरोना पोजेटिभ देखिएको प्रयोगशालाका सुचना अधिकारी बिष्टले भने ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed