टीकापुरमा मोटरसाइकल एक–आपसमा ठोक्किए, एकको अवस्था गम्भिर

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरमा आज दिउसो दुई मोटरसाइकल एक–आपसमा ठोक्किएका छन । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाको सिमाना भगतपुर गाउँ नजिक मोटरसाइकल एक–आपसमा ठोक्किएका हुन ।
जानकी गाउँपालिका वडा नं। ६ का पंख बहादुर शाहीले चलाएको से ४ प १२८२ र टीकापुर नगरपालिका वडा नं। १ का प्रकाश तिखातरीले चलाएको से ३ प ३८३९ नं। को मोटरसाइकल ठोक्किएको स्थायी ट्राफिक प्रहरी पोष्ट टीकापुरका प्रमुख प्रहरी नायव निरीक्षक खेम बिक्रम केसीले जानकारी दिएका छन ।
६५ बर्षिय शाहीको टाउकोमा गम्भिर चोट लागेकाले टीकापुर अस्पतालले कोहलपुर रिफर गरेको छ । भने तिखातरीको अवस्था सामान्य रहेको जनाइएको छ ।

ताजा खबर

नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा, को कुन ठाउँमा ?

कैलालीमा लाग‍ुऔषधसहित ७ जना पक्राउ

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

amazed