भन्सार कार्यालय भित्रै प्रहरी र तस्करबीच मदिरा पार्टी, स्थानीयले प्रतिवाद गर्दा धम्की

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय /
टीकापुर । नेपालमा प्रहरी वा सरकारी कर्मचारी नै अवैध काम गर्न माहिर छन् । यहि कुरालाई प्रमाणित गर्ने घटना शनिबार राती टीकापुरको सत्ती मुल भन्सार कार्यालय खक्रौलामा भएको छ ।

रातिको समयमा भन्सार कार्यालय भित्रै सशस्त्र प्रहरी बिओपी खक्रौलाका इन्चार्ज प्रहरी निरीक्षक पदम राज भट्ट, प्रहरी चौकी कालाकुण्डाका प्रमुख प्रहरी नायब निरीक्षक कुल बहादुर साउद, भन्सार कार्यालयका निमित्त प्रमुख धर्म विक तस्करहरुसंग मदिरा सेवन गरि मोजमस्तीमा रमाएको कुरा बाहिर आएको छ । यसो त यसरी तस्करहरुसंग अंगालो मारेर मोजमस्ती गरेको घटना नयाँ हैन तर अत्ति भए खती हुन्छ भनेझैं समाज नै गन्हाउने गरि तस्करहरु संगको हिमचिम बढ्न थालेपछि स्थानीय धेरै सहन नसक्ने अवस्थामा पुगेपछि यो घटना बाहिर आएको हो ।


जनताको सुरक्षार्थ खटिएका जिम्मेवार नेपाल प्रहरीका अधिकारी, देशको सिमाना जस्तो संवेदनशील ठाउँको रक्षाको लागि खटिएका सशस्त्र प्रहरीका अधिकारीहरुले सरकारी कार्यालय भित्र तस्करहरु संगै मिलेर मदिरा पार्टी गर्दा जनताले सुरक्षाको महसुस कसरी गर्ने भन्ने प्रश्न गरिरहेका छन् ।

कार्यालयमै खसी काटेर मदिरा पार्टी


शनिबार राती नै प्रहरी, भन्सारका निमित्त प्रमुख र तस्करहरुको मोजमस्तीको एक स्थानीयले यसरी प्रहरी नै तस्करहरु संग मिलेर सरकारी कार्यालयमै लाजमर्दो हर्कत गर्न लागेपछि जनताको सुरक्षा कसले गर्छ भन्दै प्रश्न गरेपछी खक्रौला बिओपीका इन्चार्ज इन्स्पेक्टर पदम राज भट्टले यसलाई गोलि हान्दे सम्मको शब्द प्रयोग गरेको स्थानीयको आरोप छ ।


तर इन्स्पेक्टर भट्टले यो हुँदै नभएको कुरा भएको दाबी गरे । उनले भने, “खक्रौला भन्सारका सुब्बा रुद्र पन्तको धनगढी सरुवा भएपछि वहाँको विदाइ जस्तो कार्यक्रम गरेर साथीहरु बसेका हौं । एउटा खसी काटेर आफ्नै ५÷६ जना साथीहरु मात्र बसेका हौं, न त त्यहाँ कोहि तस्कर, व्यापारी थिए न अरु कोहि बाहिरको ।”


इन्स्पेक्टर भट्टले भन्सार कार्यालयमै आवास क्षेत्रसमेत भएकाले साथीहरु बसेर खाइरहेको बेला आफुलाई उक्त कार्यक्रममा सम्मीलित नगरेको दुःखमा एकदुई जनाले कार्यक्रम बिथोल्न खोजेको र उनीहरुले नै भ्रमित कुरा बाहिर ल्याएको दाबी गरे । भट्टले भने, “दिनभरी कामबाट थकित भएकोले पनि आवास क्षेत्रमा साथीहरु बसौं न त भनेर भन्दा नेपाल प्रहरीकै हवल्दार र एक स्थानीयले डिस्टब गरेका थिए । हवल्दार बर्दीमै मदिरा सेवन गरि आएर के के भन्न थालेपछि वहाँको हाकिम (कुल बहादुर साउँद) ले सम्झाइबुझाइ गरेर पठाउनु भयो, अरु केही हैन ।”


उनले अरु जस्तै आफ्नो पनि व्यक्तिगत जीवनसमेत हुने भएकाले कहिलेकाही रातको समयमा रमाइलो गर्न खोज्दा राती राती को के गर्दैछ भन्दै चियोचर्चो गर्दै हिड्नु राम्रो कुरा नभएको बताउदै त्यस्तो गरेपछि रिस उठ्ने, नराम्रो लाग्ने गरेको बताए ।


प्रहरी चौकी कालाकुन्डाका प्रमुख कुल बहादुर साउदले पनि सुब्बा साबको विदाइ कार्यक्रम रहेकाले बसेको बताए ।
उनले तस्करहरु संग मदिरा पार्टी गरिएको भन्ने विषयमा को थियो र त्याँ त्यस्तो भन्दै आफू भन्दा पनि त्यहाँ भएका अरुलाई सोध्न अर्ती दिए ।
बोल्न मनै नगरे जसरी आरोप त जसले जसलाई पनि लगाउन सक्ने भन्दै फेरि त्यही कुरा दोहो¥याएर, “म भन्दा पनि त्याँ भएका अरुलाई सोध्नु न को थियो तस्कर त्याँ ?”


मुल भन्सार कार्यालय खक्रौला का निमित्त प्रमुख धर्म विकले भने रातिको खाएको रक्सीको नसाकै तालमा दोश्रो तलामा कार्यालय र तेश्रो तलामा आफ्नो आवास भएकाले कार्यालयमा नभई आफ्नो कोठामा व्यक्तिगत तर्फबाट विदाइ कार्यक्रम गरेको बताए । बिहानसम्म पनि मदिराले झ्याप उनले आफ्नो निजि जीवन पनि भएको बताउदै कसैको निजि जीवनमा बाहिरबाट कसैले डिस्टब गरे कसलाई रिस उठ्दैन भन्दै प्रश्न समेत तेस्र्याए ।


“राती कार्यालयमा नभई मेरो कोठामा कार्यक्रम गरिएको हो र त्यही बेला बर्दीमै भएको कालाकुन्डाको प्रहरी हवल्दारले दारु खाएर आएर हर्कत देखायो, यो हेपाहा प्रवृती हैन र ? “ उनले भने, “दारु खाएर ड्युटीमै भएको प्रहरीले सरकारी अड्डामा आएर हर्कत देखाउदा कस्तो हुन्छ, त्यस्तै हर्कत देखाउने भए त म पनि देखाउन सक्थें, हो हल्ला गर्दै हिड्न सक्थें ।”
खक्रौला बिओपी इन्चार्ज भट्टले कार्यक्रममा ५/६ जना मात्र भनेकोमा निमित्त प्रमुख विकले कार्यक्रममा १५/२० जना भएको जानकारी दिए । तर कार्यक्रममा तस्करहरु पनि सम्मीलित थिए भन्ने प्रश्न गर्नासाथ को.. उनले भन्दै फोन काटे ।


यसैगरी भन्सार कार्यालयको दारु पार्टीमा सहभागि सत्ती प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यहि घटनाको विषयमा स्थानीयले शनिबार राती नै ईलाका प्रहरी कार्यालय टीकापुरमा जानकारी गराएको सूचना प्राप्त भएको छ । (साभारः मलवारा दैनिक)

ताजा खबर

कैलालीमा लागुऔषधसहित एक युवती र ३ युवक पक्राउ

कैलालीको टीकापुर र जानकीका ३ जना लागूऔषधसहित पक्राउ

पूर्वराजा ज्ञानेन्द्र शाहको सुदूरपश्चिम भ्रमणको तयारी

कञ्चनपुरमा रेक्सोजेसिक एम्पुलसहित एक जना पक्राउ

कैलालीको टीकापुर र गौरीगंगाबाट फरार प्रतिवादी पक्राउ

amazed