प्रहरी इन्सपेक्टर पक्राउ

शेयेर गर्नुहोस

कास्की । श्रीमतीको इच्छाविपरित गर्भपतन गराएको आरोपमा नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा कार्यरत इन्सपेक्टर धुव्र शर्मा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा कार्यरत रहँदा इन्सपेक्टर शर्माले सोही स्थानकी युवतीसँग प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्क गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विवाह गरेको केही दिनपछि इन्सपेक्टर शर्माले जबरजस्ती ती युवतीलाई पर्वतकै एक क्लिनिकमा गर्भपतन गराएका दबाब दिएका थिए ।

सोही आरोपमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा जाहेरी दिएकी थिइन् । पीडित युवतीको जाहेरी परेपछि इन्सपेक्टर शर्मा आफै जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित भएका थिए ।

घटनास्थल पवर्तको कुस्माबजार भएकाले शर्मालाई पर्वत पठाइएको छ । शर्मामाथि जिल्ला अदालत पर्वतबाट १० दिनको म्याद थप भएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(साभारः रातोपाटी)

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *