कैलालीमा पक्राउ परेका विप्लवका सेती महाकाली ब्यूरो इन्चार्ज ढकाललाई कोरोना पुष्टि

शेयेर गर्नुहोस

धनगढी । प्रहरीले पक्राउ गरेका नेपाल सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सेती महाकाली ब्यूरो इन्चार्ज गणेश ढकाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पुस १ गते लम्कीचुहा नगरपालिका स्थित घरबाट पक्राउ गरिएका ढकाललाई संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।

‘असल’ भनिने सेती महाकाली ब्यूरो इन्चार्ज ढकाललाई संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमै छुट्टै आइसोलेसनमा राखिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए। (साभारः दिनेश खबर)

amazed