वडाध्यक्षको हत्यामा संलग्न ४ जनालाई जन्मकैदको फैसला

शेयेर गर्नुहोस

अछाम । अछामका वडाध्यक्षको हत्यामा संलग्न रहेका ४ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संग्लग्न रहेका स्थानीय ४ जनालाई जिल्ला अदालत अछामले जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला न्यायधीश नविनकुमार जोशीको एकल इजलासले हत्यामा संलग्न भएको भन्दै स्थानीय प्रेमबहादुर धामी, जीवन धामी, रमेश बहादुर धामी र धर्म बहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको हो ।

वडाध्यक्ष धामी गतवर्ष माघ २० गते राति भैंसी गोठमा मृत फेला परेका थिए । मृतक वडाध्यक्षका भाइ सुरत बहादुर धामीले ९ जनाको नाममा किटानी जोहेरी दिएका थिए । उनको हत्यामा सङ्लग्न रहेको आरोप लागेका अन्य ५ जनाले सफाइ पाएका छन् ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed