दीपक–दीपाको ‘छक्का पन्जा ३’ सार्वजनिक

शेयेर गर्नुहोस

काठमाडौं । सुपरहित फिल्म ‘छक्का पन्जा–३’ सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको युट्युवमार्फत फिल्म बुधबार साँझ सार्वजनिक भएको हो ।
फिल्म सार्वजनिक भएको २४ घन्टा पनि नबित्दै युट्युव ट्रेन्डिङमा आउन समेत सफल भएको छ । समाचार तयार गर्दासम्म फिल्मले ५ लाख बढी दर्शक पाउँदै युट्युव ट्रेन्डिङको नवौं स्थान ओगट्न सफल भएको हो । अहिलेसम्म फिल्मले २७ हजार लाईक र करिब ४ हजार डिस्लाइक समेत पाएको छ ।

दिपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन् ।

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मको केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल ९मुन्द्रे० कार्यकारी निर्माता हुन् । फिल्मको कथा दीपक आफैंले तयार पारेको हुन् ।

ताजा खबर

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

कैलाली एमालेको अध्यक्षमा तीन जना उम्मेदवार

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *