शेयेर गर्नुहोस
टीकापुर । कैलालीको दक्षिपूर्वि टीकापुर नगरपालिका वडा नं. ८ बनगाउँबाट भन्सार कर्मचारी र शसस्त्र प्रहरीले ठुलो परिमाणमा अबैधरुपमा भित्रिएको कपडा र कष्मेटिक सामान बरामद गरेको छ भने तस्करीमा आबद्ध दुईजना लाई पक्राउ गरेको छ ।
अबैधरुपमा भित्रिदै गरेको कुरा स्थानियले जानकारी गराए पछि भन्सार कर्मचारी र शसस्त्र प्रहरीको संयुक्त टोलीले सामान सहित दुईजनालाई पक्राउ गरेको हो ।
अबैधरुपमा भित्र्याइएको उक्त सामान १५ लाख २५ हजार ७० रुपैयाँ मुल्यको रहेको खक्रौला स्थित शसस्त्र सिमा सुरक्षा पोष्टका प्रमुख शसस्त्र प्रहरी निरिक्षक पदमराज भट्टले बताए ।
भारतबाट चोरी निकासी गरिएको उक्त सामान से १ त २१४८ नम्बरको बोलेरो पिकअप मा ढुवानी गर्दैगर्दा बरामद गरिएको समेत भट्टले मलवारालाई जानकारी दिए ।
उहाँका अनुसार कोट पेन्ट, सर्ट, लेडिज सुट, बिभिन्न कस्मेटिक लगायतका सामानहरु बरामद गरिएका छन ।
भट्टका अनुसार सामानसंगै दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा पिकअप ड्राइभर टीकापुर नगरपालिका वडा नं. २ बिजयनगरका रञ्जु चौधरी र टीकापुर नगरपालिका वडा नं. १ का सागर चौधरी रहेको शसस्त्र प्रहरी निरिक्षक भट्टले बताए ।
बरामद गरिएको कपडा गाँठहरुमा टीकापुरक्षेत्रका कपडा पसलहरुको नाम उल्लेख गरिएको समेत स्थानियले जानकारी दिएका छन ।