५ जना व्यापारी विरुद्ध मुद्धा दर्ता

शेयेर गर्नुहोस

डडेल्धुरा । जिल्लामा ५ जना व्यापारी विरुद्ध मुद्धा दर्ता गरिएको छ । सर्वसाधारण नागरिकको स्वास्थ्यमा असर पार्ने खालमा खाद्य पदार्थ बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ५ जना ब्यापारीहरुका बिरुद्धमा जिल्ला अदालत डडेल्धुरामा मुद्धा दर्ता गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराका प्रमुख गणेशदत्त जोशीले खाद्य कार्यालयले खाद्य ऐन, २०२३ अनुसार अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय डडेल्धुराको राय अनुसार मुद्दा दायर गरेको जानकारी दिए ।

प्रमुख जोशीका अनुसार अमरगढी नगरपालिका – ५ बागबजारस्थित निर्मला खुद्रा किराना पसल , अमरगढी – ५ बागबजारकै मदन प्रकाश किराना पसल र अमरगढी–५ बगरकोट रोडस्थित भागेश्वर स्टोर ,अमरगढी–४, खलंगास्थित रावल किराना पसल र अमरगढी – ५ बागबजारस्थित ओम बाबा स्टोरलाई न्यून गुणस्तरीय खाद्य पदार्थ मटर गेडा बिक्री वितरण गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरिएको प्रमुख जोशीले बताए ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *