शेयेर गर्नुहोस
टीकापुर लम्की सडक निर्माण कम्पनीको लापरवाहीले नेपाल टेलिकम नेटवर्कमा समस्या आएको होः प्रमूख भरत बिष्ट
टीकापुर । टीकापुरक्षेत्रमा नेपाल टेलिकम दुरसंचार कार्यालय टीकापुरबाट बितरित टेलिफोन तथा एडिसिएल इन्टरनेट सेवा बिगत लामो समयदेखि बारम्बार अवरोध हुदै आएको छ ।
अबरोधका कारण टीकापुरक्षेत्रका अधिकांशले सास्ती व्यहोर्नु परेको छ । नेपाल टेलिकमको एडिसिएल तथा डाटाबाट एन्टरनेट प्रयोगकर्ताले समेत बारम्बार घाटा व्यहोर्नु परेको छ ।
समयमा मोबाइल तथा एडिसिएल इन्टरनेट रिचार्ज गरेतापनि कैयौंदिन सुविधा नपाउदा सेवाग्राहीले घाटा व्यहोर्नु परेको हो ।
आफ्नो रकम अनुसार सेवा नपाएपछि त्यसको क्षतिपूर्ति टेलिकमले व्यहोनुपर्ने धारणा समेत सेवाग्राहीको छ । तर बिगतदेखि टेलिकमले बिभिन्न आफ्ना सेवाग्राहीलाई लुट्दै आएको टेलिकमका सेवाग्राहीहरुले आरोप लगाउन थालेका छन ।
उक्त बिषयबारे बिभिन्न व्यक्तिहरुले फेसबुकमार्फत टेलिकमप्रति गुनासो समेत गरेका छन ।
यस बिषयमा नेपाल सरकारले पनि गम्भिरता पूर्वक लिनुपर्ने टेलिकमका सेवाग्राही टीकापुरका जनक चौधरी बताउछन ।
लम्की टीकापुर सडकखण्ड निर्माण कम्पनीका कामदारको लापरवाहीका कारण टेलिकमको नेटवर्कमा समस्या आएको टीकापुर स्थित नेपाल टेलिकम दुरसंचार कार्यालय टीकापुरका प्रमूख भरत बिष्टको भनाइ छ ।
बिष्टका अनुसार लम्की टीकापुर सडकमा टेलिकमको अप्टिकल फाइबर १ मिटर २५ सेन्टीमिटरसम्म जमिनमुनी बिछ्याइएको छ । बिछ्याइएको फाइबल भन्दा ३० सेन्टीमिटर माथी चम्किलो रिबन बिछयाइएको छ । रिबन बिछ्याएको देख्दादेख्दै अन्धाधुन्द सडक उत्खनन् गर्दा फाइबल काटिएको र टेलिकमको नेटवर्कमा समस्या आएको हो ।
टीकापुर टेलिकमका निमित्त प्रमूख बिष्टले भने–‘टीकापुर लम्की सडक निर्माण कम्पनीका जिसिबि चालकले सडक खन्दा ध्यान दिने हो भने टीकापुरक्षेत्रमा कहिलेपनि टेलिकम नेटवर्क कहिलेपनि अबरोध हुनेछैन ।