सत्ती कर्णाली सामुदायिक वनबाट उपभोक्ता लाभान्वित

शेयेर गर्नुहोस

वनद्वारा एम्बुलेन्स सेवा प्रदान
टीकापुर । कैलाली जिल्लाको दक्षिणपूर्विक्षेत्रमा २५८.६३ हेक्टर क्षेत्रफलमा सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुह फैलिएको छ । साथै यो वनमा १६८ हेक्टर क्षेत्रफलमा बेत उत्पादन भई रहेको छ ।
गत चैत्र ६ गतेदेखि बेत कटान शुरु गरेको सत्ती कर्णाली सामुदायिक वनले हालसम्म ८ सय ५० क्विन्टल बेत कटान गरिसकेको छ । बेत कटानमा दैनिक २ सय ५० जना मजदुरहरु लागेको सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिँह साउँदले बताए ।


बेत कटानमा रहेका मजदुरहरु सबै सोही वनमा उपभोक्ता हुन । वनले उपभोक्तालाई ४ हजार ५ सय रुपैयाँ प्रति क्विन्टल बेत बितरण गर्दै आएको छ भने उपभोक्ताभन्दा बाहिर प्रति क्विन्टल ६ हजार रुपैयाँमा बिक्रि बितरण गर्दै आएको अध्यक्ष साउँले बताए । यो सामुदायिक वनले नेपालका ठुला शहर नेपालगञ्ज, बुटवल, भैरहवा तथा भारतमा बेत बिक्रि बितरण गर्दै आएको छ ।


सामुदायिक वनमा बेत कटान गर्दा प्रति क्विन्टल बेतमा ३ हजारसम्म खर्च हुने गरेको समेत अध्यक्ष साउँदले बताए । साथै उनले भने ‘नेपाल अधिराज्यमै सबैभन्दा बढी बेत उत्पादन गर्ने सामुदायिक वन सत्ती कर्णाली सामुदायिक वन नै हो ।’


वनबाट उपभोक्ता लाभान्वित


कैलाली जिल्लाको सबैभन्दा पुरानो वन सत्ती कर्णाली सामुदायिक वन हो । यो वनको दर्ता नंं १ रहेको छ । २०५१ सालमा यो वन स्थापना भएको हो । यो वनको आम्दानीको श्रोत बेत हो । साथै यो वनमा उपभोक्ताहरुलाई दाउरा समेत बिक्रि बितरण गरिन्छ । दाउरा र बेतबाट आएको आम्दानीले कर्मचारीहरुलाई तलब भत्ताको व्यवस्था गरिन्छ ।


हाल सत्ती कर्णाली सामुदायिक वनमा १० जना कर्मचारी कार्यरत रहेको सो वनका लेखापाल देवीराम भण्डारीले बताए । उनका अनुसार तलब भत्तामा मासिक १ लाख १३ हजार रुपैयाँ खर्च हुँदै आएको छ ।
बिगत लामो समयदेखि एम्बुलेन्स सेवा प्रदान गर्दै आएको यो सामुदायिक वनले हालपनि स्थानियलाई सहज हुनका निमित्त एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ ।


बृद्धबृद्धालाई निशुल्क दाउरा, विद्यालयलाई कम्प्युटर, उपभोक्ताहरुलाई तालिम तथा ऋण


सत्ती कर्णाली सामुदायिकले गत जाडोयाममा ७५ वर्ष भन्दा बढी उमेर भएका १ सय १४ जना बृद्धबृद्धालाई २ क्विन्टलमा दरले निशुल्क दाउरा बितरण गरेको सो वनका अध्यक्ष धनसिँह साउँदले जानकारी दिए ।


साउँदका अनुसार गत वर्ष स्थानिय कर्णाली माध्यमिक विद्यालय र राष्ट्रिय आधारभूत विद्यालय अरुणाफाँटा सुर्यपुरलाई कम्प्युटर खरिदकालागि १ लाख ५० हजारका दरले सहयोग गरेको छ ।
उक्त सामुदायिक वनले विपन्न परिवारका ५० जना उपभोक्ताहरुलाई बाख्रा पालन, भैसी पालन, तरकारी खेती, किराना पसल संचालनकालागि १० हजारका दरले ऋण उपलब्ध गराएको छ । सो ऋणको ब्याज नलिनेगरी ऋण उपलब्ध गराएको अध्यक्ष साउँदले जानकारी दिए ।


यो सामुदायिक वनले विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरु लाई स्टेशनरी सामानको समेत व्यवस्था गर्दै आएको छ । साथै वनले उपभोक्ताभित्रका विपन्न परिवारलाई बेतबाट निर्मित फर्निचर बनाउने तालिमको समेत आयोजना गरिसकेको छ ।

ताजा खबर

नाइजेरियामा सङ्कटकाल घोषणा

‘सुपर जोन र जोन कार्यक्रम’ले बढायो उत्पादन

कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

amazed