कैलालीमा अब ३ दिन मात्रै खाद्य, तरकारी तथा फलफूलका पसल खोल्न पाइने

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लामा अब हप्ताको ३ दिन मात्रै खाद्य, तरकारी तथा फलफूलका पसल खोल्न पाइने भएको छ । कोरोना संक्रमण बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले जिल्लामा जारी निषेधाज्ञालाई जेठ ६ गतेसम्म निरन्तरता दिने र थप कडाई गर्ने निर्णय समेत गरेको छ ।

यसअघि हप्ताको सातै दिन खुलिरहेका खाद्य, तरकारी तथा फलफूलका पसल अब ३ दिन मात्रै खोल्न पाइने भएको हो ।

स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल बाहेक तरकारी, फलफूल तथा खाद्य वस्तुका पसलरव्यवसायहरु हरेक मंगलबार, बिहिबार र शनिबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed