काठमाडौं उपत्यकामा १४ गतेदेखि किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय

शेयेर गर्नुहोस

काठमाडौं । काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेका हुन् । किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय जेठ १४ गतेबाट लागु हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ ।

‘अब साग–सब्जी पसल मात्र खोल्न पाइन्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने–‘कोभिड–१९ को चेन ब्रेक गर्नका लागी यो निर्णय लिएका हौं ।’ (साभारः रातोपाटी

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *