‘लिपुलेक, कालापानी हाम्रो हो’ भन्दै विप्लवका विद्यार्थी सडकमा, तस्बिरमा हेर्नुहोस्

शेयेर गर्नुहोस

एमसीसीको विरोध
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिहीबार राजधानीमा प्रदर्शन गरेको छ ।
राजधानीको माइतीघरमा भेला भएका विद्यार्थीहरुले वैदेशिक हस्तक्षेपको विरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनगणतान्त्रिक विद्यार्थीहरु एकजुट हुनुपर्नेमा जोड दिँदै लिपुलेक र कालापानी नेपालको भएको धारणा राखे ।
भारतले लिपुलेक कालापानीलगायतका भूभाग हडपेर आफ्नो नक्सामा समेटेपछि गत वर्ष नेपालले पनि लिपुलेकसहित समेटेर नक्सा जारी गरेको छ । तर यो विषयमा अझै पनि विवाद कायम रहेकाले तत्काल कूटनीतिक पहल गरेर औपचारिक रुपमा नेपाली भूमि फिर्ता हुनुपर्ने विप्लव समूहको धारणा छ ।

यस्तै सो क्रममा प्रदर्शनकारीहरूले एमसीसीको विरोध गर्दै सबैखाले वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने धारणा राखे ।
उनीहरुले सुगौली सन्धिलगायत सबै असमान सन्धी सम्झौताहरु खारेज गर्न पनि सो क्रममा माग गरेका थिए ।

विभिन्न नारा अंकित ब्यानरसहित भेला भएका उनीहरुले सो क्रममा राष्ट्रियताको पक्षमा चर्का नाराबाजी गरेका थिए ।
(साभारः रातोपाटी)

ताजा खबर

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

बैतडीमा भिरबाट लडेर एक पुरुष घाइते

amazed

छुटाउनु भयो कि !

हाम्रो फेसबुक