आजको राशिफलः कुन राशिका लागि आजको दिन शुभ ?

शेयेर गर्नुहोस

वि.सं.२०७८ साल भदौ १७ गते । बिहीबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– एकादशी, रातको ०५ बजेर २७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– आद्र्रा,दिउसो ०२ बजेर ०१ मिनेट उप्रान्त पुनर्वसु । योग– सिद्धि, बिहान १० बजेर २५ मिनेट उप्रान्त व्यातिपात । करण– बव,बेलुकी ०४ बजेर ४८ मिनेट उप्रान्त बालव, रातको ०५ बजेर २७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन ।

ज्योतिषीः डिपी भण्डारी
मेषः (चू,चे,चो,ला,लि,लू,ले,लो, अ) विवादित विषयहरूको निर्णय पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा उद्योगमा लगानी गरी रोजगारका अवसर सिर्जना गर्न सकिनेछ ।

वृषः (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुसी भएको महसुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ ।

मिथुनः (का,की,कू,घ,ङ,छ,के,को,हा) कामहरू स्वतः स्फुर्त रूपमा अगाडी बढ्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कटः (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरूको काममा समय बित्ने तथा अरूको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ ।

सिंहः (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजु तथा अग्रजको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ ।

कन्याः (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारीका अवसर सिर्जना गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ ।

तुलाः (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । माया प्रेममा सामीप्य बढेर जानेछ भने घरमा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ ।

वृश्चिकः (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य सबल हुनाले उपलब्धिमूलक कामहरू गरेर दैनिक जीवन फेरिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो नतिजा आउने हुँदा मन प्रसन्न हुनेछ ।

धनुः (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक बस्तु तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुले नै फसाउन सक्छन् ख्याल गर्नुहोला ।

मकरः (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइमा देखिएको कमजोरी सुधार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । आत्मीय मित्र तथा मन मिल्ने साथी भेटिनेछ भने माया प्रेममा प्रशस्त समय रमाउन सकिनेछ ।

कुम्भः (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा मन जानेछ । आस मारेको काम बन्नाले मन प्रसन्न हुनेछ ।

मीनः (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गर्दा ध्यान दिनुहोला मानिसहरुले साख गिराउन खोज्नेछन् । घर जग्गा तथा स्थाई सम्पत्तिमा विवाद आउने योग रहेको छ भने आमा वा आफन्तसँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
(रातोपाटीबाट साभार)

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *