सुदूरपश्चिमको पहुँचको आधारमा सहकारीलाई लाखौं अनुदान

शेयेर गर्नुहोस

कमल सावद

धनगढी । कैलालीको साना किसान कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष छाया देवकोटा भजनी नगरपालिकाका उपमेयर हुन्। उनी अध्यक्ष रहेको सहकारीले ९ लाख ५० हजार अनुदान लिएको छ। गत आर्थिक वर्षमा सहकारी पूर्वाधार विकास कार्यक्रमबाट अनुदान दिइएको हो। देवकोटाकाले भनिन्, ‘भवन निर्माणको अनुदानको कार्यक्रम हो ।’

देवकोटाले मात्रै नभई प्रदेशमा राजनीतिक पहुँच भएका सहकारीले मात्र अनुदान पाउने गरेको आरोप लागेको छ। सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कार्यक्रम बनाउँदा नै राजनीतिक पहुँच भएका सहकारीले मात्र अनुदान पाउने गरि बनाउँदै आएको सहकारी संघ सुदूरपश्चिमका अध्यक्ष माधव जोशीले बताए। उनले भने, ‘प्रदेश सभा सदस्यहरुको सिफारिसका अधारमा कृषि मन्त्रालयले अनुदानका कार्यक्रम बनायो । अन्य सहकारीले आवेदन समेत हाल्न पाएनन्। राजनीतिक पहुँचको आधारमा अनुदान वितरण भएको छ।’

प्रदेश सभा सदस्यहरुले छनोट गरेका कार्यक्रम मात्र प्रदेशको कृषि मन्त्रालयले रातो किताबमा समावेश गर्दै आएको छ। कार्यक्रम कार्यान्वयन गर्ने कृषि ज्ञान केन्द्रले पनि सोही अनुसार अनुदान वितरण गर्दै आएको छ। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले राजनीति सबै क्षेत्रमा हुने बताए। प्रदेशको कृषि मन्त्रालयले कार्यान्वयनका लागि पठाएका कार्यक्रमहरु कार्यान्वयन गरेको उनको दाबी छ । ‘अनुदान पाउने व्यक्ति राजनीतिज्ञ हो वा होइन हामी हेर्दैनौ । काम मात्र हेर्ने हो । काम राम्रो भएको छ,’ उनले भने ।

कृषि ज्ञान केन्द्र कैलालीले गत आर्थिक वर्ष २०७७÷०७८ मा २ करोड ९१ लाख २४ हजार अनुदान वितरण गरेको छ। सहकारीलाई भौतिक पूर्वाधार निर्माणका लागि अनुदान दिइएको हो। स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र संघीय सांदसंगै राजनीतिक पार्टीमा आवद्ध नेताको सहकारीले मात्र अनुदान पाएका हुन् ।

प्रदेश सभा सदस्यहरुले नाम टिपाएका कार्यक्रम मात्र प्रदेशको कृषि मन्त्रालयले रातो किताबमा समावेश गर्दै आएको छ।
(यो समाचार दिनेश खबरबाट लिइएको हो ।)

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *