शेयेर गर्नुहोस
टीकापुर । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ६ का ७७ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोना परीक्षण नभएको सूचना अधिकारी श्रेष्ठले बताए । हाल अस्पतालमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।