बर्दियामा छिमेकीले बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु

शेयेर गर्नुहोस

काठमाडौं । बर्दियामा जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका(३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० ईश्वर कार्कीले जानकारी दिए ।

एसपी कार्कीका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् ।

खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको एसपी कार्कीले बताए ।
(यो समाचार अनलाइन खबर बाट लिइएको हो ।)

ताजा खबर

बाढी, पहिरोमा परेर ३० जनाको मृत्यु , ३२ जना बेपत्ता

कैलालीमा एकको हत्या, हत्याको आशंकामा श्रीमति सहित ४ पक्राउ

आज टीका, लगाउने साइत कतिबेला ?

नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा

amazed