साढे पाँच सय वर्ष पुरानो लास, तर बढिरहेको छ कपाल र नङ

शेयेर गर्नुहोस

छिमेकी मुलुक भारतको हिमाचल प्रदेशस्थित गयू गाउँमा ५५० वर्ष पुरानो संरक्षित शव अर्थात् ममी छ । उक्त गाउँ स्पिति उपत्यकाको चिसो मरुभूमिमा समुद्र सतहभन्दा १ हजार ४९९ मिटर उचाइमा अवस्थित छ ।

भारत र चीनको सीमामा रहेको सो गाउँ आफ्नो प्राकृतिक सुन्दरताका लागि चर्चित छ । अझ सो गाउँमा रहेको साढे ५ सय वर्ष पुरानो शव हेर्नका लागि संसारभरका मानिसहरु आउने गरेका छन् ।

स्पिति घाटीको प्राचीन ताबो गुम्बाभन्दा करीब ५० किलोमिटर टाढा भारत(चीन सीमामा रहेको गयू गाउँ वर्षमा ६ देखि ८ महिनासम्म हिउँले ढाकिने हुनाले बाह्य संसारबाट सम्बन्ध टुट्दछ ।

सो गाउँका मानिसहरुमा उक्त सयौँ वर्ष पुरानो लासप्रति अगाध आस्था र सम्मान छ । मानिसहरु उक्त ममीलाई जिवित भगवान मानेर पूजा गर्दछन् । उक्त लास तिब्बतबाट गयूँ गाउँमा आएर तपस्या गरेका बौद्ध भिक्षु सांग्झा तेन्जिङको भएको जनविश्वास छ ।

ती भिक्षु साधनामा लीन भएकै बेला प्राणत्याग गरेका थिए, जतिबेला उनी ४५ वर्षका थिए । यो दुनियाँको एकमात्र ममी हो, जुन बसेको अवस्थामा छ ।

उक्त लासको वैज्ञानिक अनुसन्धानका क्रममा यसको उमेर साढे ५ सय वर्ष भएको पुष्टि भएको छ ।

मृत शरीरलाई ममी बनाउनका लागि लासमा एक विशेष खालको लेप लगाइन्छ । तर यो ममीमा भने कुनै पनि लेप लगाइएको छैन र पनि साढे ५ शताब्दीसम्म सुरक्षित रहेको छ । यो एउटा रहस्य तथा चमत्कारको विषय बनेको छ ।

अझ सबैलाई अचम्ममा पार्ने कुरा त यो ममीका कपाल र नङ अहिले पनि बढिरहेका छन् । स्थानीय बासिन्दाहरु यसको कपाल र नङ जीवित मानिसमा जस्तै निरन्तर बढिरहने दाबी गर्दछन् ।

स्पिति उपत्यकाको गाउँ ।
भारत तिब्बत सीमा पुलिसले सडक निर्माणका क्रममा उक्त ममी फेला पारेको थियो । सन् १९७५ मा गएको भूकम्पमा परेर उक्त ममी जमिनमा पुरिएको रहेछ । र सन् १९९५ मा सडक निर्माणका क्रममा त्यो फेला पर्‍यो । भनिन्छ, सडक खन्ने क्रममा कोदालोले उक्त लासको टाउकोमा चोट लागेको थियो र त्यसरी चोट लाग्दा रगत पनि आएको थियो । टाउकोमा लागेको उक्त चोट अहिले पनि देख्न सकिन्छ ।

सन् २००९ सम्म उक्त ममीलाई क्ष्त्द्यए को क्याम्पसमा राखियो । तर उक्त लास हेर्न आउने मानिसहरुको ठूलो संख्यालाई मध्यनजर गर्दै त्यसलाई उसकै गाउँमा प्रतिस्थापित गरियो ।

पेन्सिल्भेनिया विश्वविद्यालयका शोधकर्ता भिक्टर मेरका अनुसार गयू गाउँमा रहेको सो ममी ५५० वर्ष पुरानो हो । सयौँ वर्ष पहिले बौद्ध भिक्षुहरु व्यापारको सिलसिलामा भारत तथा तिब्बतबीच आवतजावत गर्दथे । त्यहीँ समयमा एक बौद्ध भिक्षु सांग्झा तेन्जिङ गयू गाउँमा योगमुद्रामा ध्यान गरेर बसे र त्यहीँ उनको मृत्यु भयो । त्यहीँ समयमै उनको मृत शरीरलाई एक स्तूपमा राखिएको थियो ।

ताजा खबर

कर्णालीबाट हाम फालेर बेपत्ता भएका शाहीको तीनपछि शव भेटियो

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि !

हाम्रो फेसबुक