रडले हानेर छिमेकीको हत्या, प्रहरीद्वारा हवाईफायर र अश्रुग्यास प्रहार

शेयेर गर्नुहोस

चितवन । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रवार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन् । प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसइबीका कारण मदिरा सेवन गरी हत्या गरेको बुझिन आएको छ ।

घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुङ्गा मुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गर्नुपरेको उहाँले जानकारी दिनुभयो । सोही क्रममा झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयवासी घाइते भएको उहाँले जानकारी दिनुभयो ।
खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । राति नै अभियुक्त मल्ल र शव भरतपुर ल्याइएको छ ।

ताजा खबर

कैलालीमा एकको हत्या, हत्याको आशंकामा श्रीमति सहित ४ पक्राउ

आज टीका, लगाउने साइत कतिबेला ?

नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा

बैतडीमा अष्टमीका दिन ४२४ राँगाको बलि

amazed