सुदूरपश्चिममा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । सुदूरपश्चिम प्रदेशमा शनिबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ९२७ नमुना परिक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

निर्देशनालयका अनुसार ९९ जनाको पीसीआर परीक्षण गर्दा ४४ जना संक्रमित पाइएका छन् भने, ८ सय २८ जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा थप २ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै सुदूरपश्चिममा शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकाका ५० वर्षिय पुरूषको कोभिड संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

ताजा खबर

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

amazed